खुकुरीले घाँटी काटेर काकाकाे हत्या गरेकाे आराेपमा एक पुरुष पक्राउ

धनकुटा : जिल्लामा काका साइनाे पर्नेकाे हत्या अभियाेगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
छथर जोरपाटी गाउँपालिका–३ गैरीगाउँका ४० वर्षीय तेजबहादुर लिम्बूले बुधबार बिहान ६२ वर्षीय भगिश्वर लिम्बूको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान उठेर घरमा बसिरहेका बेला आएका तेजबहादुरले पछाडिबाट खुकुरीले घाँटी काटेका हुन्। मानसिक सन्तुलन ठीक नभएका तेजबहादुरले धारिलो हतियारले आक्रमण गरेका थिए।
प्रहरीका अनुसार आक्रमण पछि घाइते भएका भगीश्वरको स्थानीय पुग्दा मृत्यु भइसकेको थियो।
प्रहरीले घटनाकाे थप अनुसन्धान गरिरहेकाे छ।
कात्तिक २३, २०७९ बुधबार १२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।