एकै दिन १४ सयले बढ्यो सुनको मूल्य, चाँदीमा ३० रूपैयाँ वृद्धि

एकै दिन १४ सयले बढ्यो सुनको मूल्य, चाँदीमा ३० रूपैयाँ वृद्धि

काठमाडौं : साताको चौथो दिन सुनको मूल्यमा भारी वृद्धि भएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलको १४ सय रूपैयाँले वृद्धि भएर ९५ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य तोलाको ९४ हजार ९ सय रूपैयाँ कायम हुँदा चाँदीमा तोलाको ३० रूपैयाँ बढेको छ।

मंगलबार १ हजार २६५ रूपैयाँमा किनबेच भएको चाँदी बुधबार तोलाको १ हजार २९५ रूपैयाँ तोकिएको छ।

कात्तिक २३, २०७९ बुधबार ११:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।