ओलीले अदातलको अपहेलना गरे : शिक्षामन्त्री पौडेल

बागलुङ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदातलको निर्णयलाई अपहेलना गरेको आरोप लगाएका छन्।
मंगलबार ताराखोला गाउँपालिकामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै बागलुङ क्षेत्र नम्बर २ मा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार समेत रहेका पौडेलले अदातलको निर्णयलाई ‘परमादेशको सरकार’ भनेर ओलीले अदालतको अपहेलना गरेको आरोप लगाए।
‘जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्चाउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ।,’ उनले भने, ‘यो सरकार परमादेशबाट जन्मिएको हो भनेर अदालतको निर्णयलाई अपहेलना गर्नुभयो।’
संविधानमा कार्यपालिका, व्यवस्थापिक र न्यायपालिकालाई छुट्टै प्रकारको अधिकार दिएको उनले बताए।
‘व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यपालिकाले कार्यान्व्यन गर्छ र कहिँ कतै संविधान र कानुनमा अवरोध भयो भने त्यसको व्याख्या र रक्षा गर्ने काम न्यायपालिकाको हो,’ उनले भने, ‘न्यापालिकाले गरेको निर्णयको ओलीले अपहेलना गरे।’
सोमबार बागलुङको बुर्तिबाङ चुनावी सभामा आएका ओलीले वर्तमान सरकार संविधानमै नभएको परमादेशबाट बनेको भन्दै टिप्पणी गरेका थिए।
कात्तिक २३, २०७९ बुधबार ११:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।