स्नातकमा पत्रकारिता पढ्ने १४ विद्यार्थीलाई सरकारले छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

स्नातकमा पत्रकारिता पढ्ने १४ विद्यार्थीलाई सरकारले छात्रवृत्ति दिने, यसरी दिनुहोस् आवेदन

काठमाडौं : सरकारले स्नातक तह (ब्याचलर)मा पत्रकारिता पढ्ने १४ विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। 

सूचना तथा प्रसारण विभागले बुधबार सार्वजनिक सूचना निकालेर छात्रवृत्तिका लागि आवेदन आव्हान गरेको हो।

पत्रकारिता विषय लिएर कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी वा स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीलाई आवेदनका लागि सूचना निकाललिएको विभागले जनाएको छ।

निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, १२ कक्षा उत्तीर्ण गरेको लब्धाङ्कपत्रको प्रतिलिपि, सम्बन्धित क्याम्पसले स्नातकमा पत्रकारिता विषय लिएर पढेको भन्ने प्रमाणित गरिएको सिफारिस पत्र, पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ।

यसका साथमा दलित, जनजाती, मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रबाट आवेदन दिने हकमा यी विद्यार्थीले उक्त समूह प्रमाणित हुने कागजात पेश गर्नुपर्नेछ। 

कात्तिक २३, २०७९ बुधबार ०९:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।