फाइनलका लागि भिड्दै न्यूजिल्याण्ड र पाकिस्तान, ‘हेड टु हेड’मा को अगाडि ?

फाइनलका लागि भिड्दै न्यूजिल्याण्ड र पाकिस्तान, ‘हेड टु हेड’मा को अगाडि ?

काठमाडौं : अस्ट्रेलियामा जारी टी–ट्वेन्टी क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज न्यूजिल्याण्ड र पाकिस्तान आमनेसामने हुँदैछन्।

सिड्नीमा दिउँसो पौने २ बजे हुने खेलमा दुवै टोली जित निकालेर फाइनलमा स्थान बनाउन चाहन्छन्।

न्यूजिल्याण्ड अस्ट्रेलियालाई हराउँदै समूह १ को विजेता भएर सेमिफाइनल प्रवेश गर्दा पाकिस्तानले बंगलादेशलाई हराएर समूह २ को उपविजेता भएर स्थान पक्का गरेको हो।

यसअघि यी दुई देशबीच ‘हेड टु हेड’मा पाकिस्तान हावी देखिन्छ। पाँचमध्ये चार खेल पाकिस्तानले जित्दा एउटा मात्र न्यूजिल्याण्डको पक्षमा गएको छ। २०२० डिसेम्बरदेखि १४ अक्टोबर २०२२ सम्मको तथ्यांक हो यो।

यी दुई बीचको विजेताले आगामी आइतबार हुने विश्वकपको फाइनलमा भारत र इंग्ल्याण्डबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ।

यी दुई टीमबीचको खेल बिहीबार दिउँसो पौने २ बजे हुनेछ।

कात्तिक २३, २०७९ बुधबार ०७:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।