जाडो मौसम लक्षित सिजीका नयाँ प्रोडक्टहरू बजारमा

जाडो मौसम लक्षित सिजीका नयाँ प्रोडक्टहरू बजारमा

सिजी इलेक्ट्रोनिक्स तथा सिजी अन्तर्गतको सिजी मेरिडियाले जाडो मौसमको समयमा ग्राहकहरूलाई उपयुक्त हुने नयाँ, अपग्रेडेड प्रोडक्ट रेन्जहरू बजारमा ल्याएको छ।

चिसो मौसमलाई मध्यनजर गर्दै सिजीले विभिन्न उत्पादनहरू इलेक्ट्रिक केटल, गिजर, हिटर, एसी, थर्मस, डिस्पेन्सर, वाशिङ मेशिन तथा माइक्रोवेभ ओभनहरू जस्ता अन्य थुप्रै सामाग्रीहरूमा नयाँ लाइनअपहरू थप्दै उत्कृष्ट प्रोडक्टहरूमा ग्राहकको पहुँच अझै बढाएको कम्पनीले बताएको छ।

चिसो मौसममा चिसो पानीले लुगा धुनबाट बच्न सिजी वाशिङ मेशिन, चिसो भएको खानेकुरा शीघ्र नै तताउन सिजी माइक्रेवेभ ओभनको उपयोग गर्न सकिने कम्पनीले बताएको छ। 

त्यसैगरी, कोठाहरुलाई न्यानो राख्न अत्याधुनिक एसी लगायत विभिन्न प्रकारका ओएफआर तथा ह्यालोजिन हिटर, पिटिसी फ्यान हिटर, कार्बन हिटर, ग्यास तथा इलेक्ट्रक हिटर तथा फ्यान हिटरहरू उपलब्ध रहेको पनि कम्पनीले बताएको छ।

कात्तिक २२, २०७९ मंगलबार २१:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।