घट्दै डेंगी संक्रमण

घट्दै डेंगी संक्रमण

काठमाडौं : यसवर्ष साउनबाट यता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५० हजार २६३ र मृतकको संख्या ५५ पुगेको हो। 

 

सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थपिएकोमा अक्टोबरमा यो संख्या १४ हजार ६४६ मा झरेको छ। नोभेम्बरको पहिलो साता ३ हजार ४९५ जना संक्रमित थपिएको महाशाखाको तथ्यांक छ। 

काठमाडौं उपत्यकामा तापक्रम घटेर चिसो बढ्दै गए पनि तराईका जिल्लामा भने लामुखट्टेका लागि अहिले अनुकूल तापक्रम हुने भएकाले ती जिल्लामा संक्रमण अझै केही साता डेंगी रहने डा. बास्तोलाको भनाइ छ। 

कात्तिक २२, २०७९ मंगलबार १४:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।