बीच मैदानमै कपडा सुँघ्न थाले अश्विन, भिडियो भाइरल भएपछि बताए कारण

बीच मैदानमै कपडा सुँघ्न थाले अश्विन, भिडियो भाइरल भएपछि बताए कारण

एजेन्सी : भारतीय क्रिकेट टीमका खेलाडी रविचन्द्रन अश्विनले बीच मैदानमै कपडा सुँघ्दै गरेको भिडियो भाइरल भएको छ।

सुपर–१२ अन्तर्गतको भारत र जिम्बावेबीच भएको अन्तिम खेलको एक भिडियो फुजेट अहिले भाइरल बनेको छ। जसमा रोहित शर्माभन्दा केहि पछाडि रविचन्द्रन अश्विन देखिन्छन्।

त्यहाँ अश्विनले दुई ज्याकेट हातमा लिएर उभिन्छन् र आफ्नो ज्याकेट चिन्न सक्दैनन्। आफ्नो ज्याकेट चिन्नका लागि उनको दुवै ज्याकेट सुँघ्छन् र एउटा लिएर जान्छन्।

यो भिडियो अहिले ट्वीटरमा भाइरल बनेको छ। यसलाई करिब ४० लाखले हेरिसकेका छन् भने भ्यूज तीव्र रूपमा बढिरहेको छ। भिडियोमा प्रयोगकर्ताले निकै रमाइला कमेन्ट र रिप्लाइ गरेका छन्। यसैबीच स्वयं अश्विनले पनि भिडियो भाइरल भएपछि मुख खोलेका छन्।

क्रिकेटर अभिनव मुकुन्दले भिडियो शेयर गर्दै अश्विनसँग यसको जवाफ मागेका छन्। जवाफमा उनले भनेका छन्, ‘सुरुमा साइज हेरेँ, त्यसले काम गरेन, दोस्रो नाम लेखेको छ कि छैन भनेर चेक गरेँ, त्यो पनि थिएन र अन्तिममा परफ्यूम सुँघे, त्यसले भने मेरो ज्याकेट चिन्न मद्दत गर्यो, धन्यवाद क्यामेराम्यान।’

भारतका स्टार स्पिनर अश्विनले यस विश्वकपको पाँच खेलमा ६ विकेट लिएका छन्। उनले आइतबा जिम्बावेविरुद्ध तीन विकेट लिएका थिए।

कात्तिक २२, २०७९ मंगलबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।