आगो ताप्ने क्रममा जलेर मृत्यु        

आगो ताप्ने क्रममा जलेर मृत्यु        

नवलपरासी पश्चिम : जिल्लामा आगो ताप्ने क्रमम जलेर एक वृद्धको मृत्यु भएको छ।

प्रतापपुर गाउँपालिका–३ अमहवा बस्ने ८१ वर्षीया ठगनी मुसहरको आगोमा जलेर सोमबार साँझ मृत्यु भएको छ।

आफ्नै घरको आँगनमा आगो बाली ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किएर आगलागी हुँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कात्तिक २२, २०७९ मंगलबार १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।