पाकिस्तानविरुद्धकाे फुटबलका लागि नरेश थापा सहायक प्रशिक्षक नियुक्त

पाकिस्तानविरुद्धकाे फुटबलका लागि नरेश थापा सहायक प्रशिक्षक नियुक्त

काठमाडौं : पाकिस्तान विरुद्धको मैत्रीपूर्ण फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नरेश थापालाई राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ।

कात्तिक ३० गते हुने खेलका लागि मंगलबार थापालाई सहायक प्रशिक्षक नियुक्त गरेको एन्फाले जनाएको छ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले मंगलबारै एन्फा कम्प्लेक्समा थापालाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।

यसअघि नै एन्फाले मछिन्द्र क्लबलाई लगातार दुई पटक ‘ए’ डिभिजन लिग जिताएका प्रवेश कटुवाललाई पाकिस्तान विरुद्धको खेलका लगि मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ।

नेपाल र पाकिस्तानबीचको खेल दशरथ रंगशालामा हुनेछ र खेल साँझ ५ बजे सुरु हुनेछ।

कात्तिक २२, २०७९ मंगलबार १२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।