सुनको मूल्य तीन सय रूपैयाँ घट्यो, चाँदीको स्थिर

काठमाडौं : सुनको मूल्यमा तोलाको तीन सय रूपैयाँ गिरावट आएको छ।
सोमबार ९४ हजार ३ सय रूपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य मंगलबार ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलको ९३ हजार ५ सय रूपैयाँ कायम हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ।
मंगलबार चाँदी प्रतितोला १ हजार २६५ रूपैयाँमा किनबेच हुनेछ।
कात्तिक २२, २०७९ मंगलबार ११:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।