सागर ढकालले गुहार मागेपछि डडेल्धुरा प्रशानसले भन्याे- 'प्रचारमा राेक लगाएका छैनाैं, सुरक्षाकाे कमी हुन दिन्नाैं'

सागर ढकालले गुहार मागेपछि डडेल्धुरा प्रशानसले भन्याे- 'प्रचारमा राेक लगाएका छैनाैं, सुरक्षाकाे कमी हुन दिन्नाैं'

काठमाडौं : जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले सागर ढकाललाई चुनाव प्रचार गर्न नरोकेको स्पष्ट पारेको छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र युवा उम्मेदवार सागर ढकालले आफूलाई प्रशासनले प्रचार प्रसारमा अवरोध गरेको बताएपछि प्रशासनले त्यसको खण्डन गरेको हो।

जिल्ला प्रशासनका प्रशासकीय अधिकृत हेमराज ढकालले विज्ञप्ति जारी गर्दै आचारसंहिताभित्र रहेर चुनावप्रचार गर्न कसैलाई अवरोध नगरिएको दाबी गरेका हुन्।

विज्ञप्तिमा जिल्लाभित्र रहेका सबै उम्मेदवारको सुरक्षामा पनि कुनै कमी हुन नदिने बताइएको छ। स्वतन्त्र उम्मेदवार ढकालले भने प्रहरीले आफूलाई माइकिङ गरेर चुनाव प्रचार गर्न रोकेर र राष्ट्रिय झण्डा प्रयोग गर्न पनि पाँइदैन भनेको बताएका छन्।

प्रहरीले सडकमा मात्रै नभई डाँडामा गएर माइकिङ गर्दा पनि रोकेको उनको आरोप छ। जिल्लाको सिंगो प्रशासन देउवाभन्दा मुनि रहेकाे भन्दै उनले सोमबार सर्वसाधारणसँग गुहार मागेपछि भने प्रशासन केही हच्किएको बताइएको छ।

प्रतिनिधि सभाको एक क्षेत्र मात्रै रहेको डडेल्धुरामा सत्ता गठबन्धनबाट प्रधानमन्त्री देउवा चुनावी मैदानमा हुनुहुन्छ भने नेपाली कांग्रेस वीपीबाट कर्ण मल्ल तथा स्वतन्त्रबाट सागर ढकाल चुनावी मैदानमा रहेका छन्।

कात्तिक २२, २०७९ मंगलबार ०९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।