नाै दिनपछि फिर्ता भयो 'एमआरआर' ग्रुप

काठमाडौं : कम्पनीको कम्युनिटी गाइडलाइन्स उल्लङ्घन भएको भन्दै मेटाले हटाएको नेपालमा चर्चित ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) फिर्ता भएको छ।
नेपाली युवा पुस्तामाझ लोकप्रिय फेसबुक ग्रुप ‘एमआरआर’ मेटाले गत कात्तिक १३ गते हटाएको थियो। उक्त ग्रुप मंगलबार विहानदेखि पुनः देखिएको हो
एमआरआरले आफ्नो पेजमार्फत ग्रुप फिर्ता भएको जानकारी दिएको हो। ग्रुप अन्य धेरै सुधार सहित फिर्ता भएको पनि एमआरआरले उल्लेख गरेको छ।
नेपाल नजिकिँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको बेला सामाजिक सञ्जालबाट हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न निर्वाचन आयोगले सामाजिक सञ्जालका विभिन्न कम्पनीहरूसँग सहकार्य गरिरहेको छ।
यही अभियानमा मेटाले ‘कम्युनिटी गाइडलाइन्स’ अत्यधिक उलङ्घन हुनुका साथै त्यसले निर्वाचनलाई प्रभाव पार्नसक्ने भन्दै फेसबुक पोस्ट र कमेन्टहरूमा निगरानी बढाएको छ। यसैबीच एमआरआर ग्रुपलाई मेटाले हटाएको थियो।
यद्यपि ग्रुपले आफ्नो फेसबुक पेज मार्फत निर्वाचन सम्बन्धी सामग्रीको कारण नभइ अन्य कारणले नै ग्रुप हटाइएको दाबी गरेको छ। ग्रुप हटाइनुको पछाडि के कारण थियो भन्ने विषयमा मेटाले केही उल्लेख नगरेको एमआरआरको भनाइ छ।
कात्तिक २२, २०७९ मंगलबार ०८:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।