मंगलबारको मौसम : दिउँसो हल्का वर्षा, राति सफा

काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभावका कारण अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो नै देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
कात्तिक २२, २०७९ मंगलबार ०७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।