भोजपुरका उम्मेदवार सुदन किरातीको घोषणापत्र : बाँदर आतंक हटाउने

भोजपुर: भोजपुरका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्रका सुदन किरातीले बाँदर आतंकलाई नियन्त्रण गर्ने घोषणा गरेका छन्।
बाँदरकै कारण बसाइ सर्न बाध्य गाउँबस्तीमा हुने बाँदर आतंकलाई नियन्त्रण गर्न विशेष पहल गर्ने उनको घोषणा पत्रमा उल्लेख छ।
पूर्व सांसद समेत रहेका किराँतीले संसदमा समेत बाँदर नियन्त्रणका लागि आवाज उठाएका थिए।
यो बाहेक जनता आवास कार्यक्रम, फुसको छाना हटाउने कार्य र प्रत्येक महिना जिल्लामा श्रमदानको लागि आउने घोषणा समेत उनको घोषणापत्रमा उल्लेख छ।
कात्तिक २१, २०७९ सोमबार २२:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।