निर्वाचन आयोगमा खटिएका पत्रकारको सेलिब्रिटी हुने रहर !

काठमाडौँ : निर्वाचन आयोगले आफ्ना गतिविधि सार्वजनिक गर्न प्रकाशित गरिरहेको ई बुलेटिनमा काम गर्न राष्ट्रिय समाचार समितिबाट काजमा आयोगमा लगिएका एक पत्रकारले ई-बुलेटिनमा कलाकारको तस्बिर भन्दै आफ्नै तस्बिर समेत राखेका छन्।
सोमबार आयोगले निर्वाचन प्रचारमा सघाउन आग्रह गर्न कलाकारहरूसँग अन्तर्क्रिया गरेको थियो। निर्वाचनको माहौल बनाउन कलाकारहरूले आयोगलाई सघाउन सक्ने भन्दै कार्यक्रममा प्रमुख निर्वाचन आयुक्तले कलाकारहरूलाई आफ्नो सामाजिक सञ्जालमा निर्वाचनको चेतना फैलाउने सामाग्री राखिदिन आग्रह गरेका थिए।
आयोगको ई-बुलेटिनमा आयोगका प्रमुख आयुक्तको तस्बिरसहित उनको भाषणलाई समाचार बनाएर प्रकाशित गरियो। अनि दोस्रो सामाग्री कार्यक्रममा उपस्थित कलाकारहरूको फोटोहरू राखेर प्रकाशित गरियो।
'मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले कलाकारहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी कलाकारहरू' हेडलाइन राखिएको ई-बुलेटिनमा कलाकारहरूको तस्बिर मात्रै राखिएको छैन आयोगले निर्वाचन प्रयोजनका लागि आयोगमा ल्याइएका सरकारी सञ्चार माध्यममा पत्रकार अनि आयोगले करारमा भर्ना गरेका पूर्व पत्रकारका तस्बिर पनि राखिएको छ।
ई-बुलेटिनमा कलाकार दीपाश्री निरौला, हास्य कलाकार मुन्द्रे, अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्तोष पन्त लगायतकाको तस्बिरसँगै करारका कर्मचारी राजन नेपाल, राससका पत्रकार प्रकाश सिलवालले समेत आफ्नो तस्बिर राखेका छन्।
कात्तिक २१, २०७९ सोमबार २१:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।