निर्वाचनको प्रचारमा सघाउन कलाकारलाई थपलियाको आग्रह

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कलाकारहरूलाई आफ्नो सामाजिक सञ्जालबाट निर्वाचनका सामाग्री प्रचार गरिदिन आग्रह गरेका छन्। कलाकारहरूसँग छलफल गर्दै उनले स्वतन्त्र निर्वाचनका लागि जनचेतना बढाउन कलाकारहरूलाई यस्तो आग्रह गरेका हुन्।
उनले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका कलाकारले अभियन्ताको भूमिका निर्वाह गर्न सक्ने बताए।
उनले आयोगलाई निर्वाचनलाई दूषित पार्ने प्रचारको डर रहेको भन्दै मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई मिसाएर हेर्न नहुने बताएका थिए। उनले नो नट अगेन अभियानबारे कलाकारले राखेको जिज्ञासामा जवाफ दिँदै सभ्य भाषामा कसलाई मत दिने र नदिने भनेर खुल्ला रूपमा भन्न सकेन बताएका थिए।
कात्तिक २१, २०७९ सोमबार २१:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।