राफ्ट इलेक्ट्रिक स्कुटरको माइलेजमा लगानी प्रतिकिलोमिटर ३० पैसा !

राफ्ट इलेक्ट्रिक स्कुटरको माइलेजमा लगानी प्रतिकिलोमिटर ३० पैसा !

काठमाडौं : पछिल्लो समय इलेक्ट्रिक सवारी साधन सरकारी नीतिदेखि उपभोक्तासम्मको प्राथमिकतामा पर्ने गरेको। लगानी अनुसारको प्रतिफल अनि पेट्रोलको तुलनामा कम खर्चमा बढी माइलेज दिने भएकाले समेत उपभोक्ताहरूले समेत इलेक्ट्रिक सवारी साधनलाई प्राथमिकतामा राख्ने गरेका छन्।

इन्धनबाट चल्ने र ब्याट्रीबाट चल्ने दुई पाङग्रे सवारी साधनको मूल्यमा त्यति धेरै अन्तर छैन। तर उपभोक्ताको लगानी र दैनिक खर्चको तुलना गर्दा इलेक्ट्रिक स्कुटर निकै सस्तो पर्ने देखिन्छ।

आइएमई इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकका अनुसार कम्पनीले बिक्री गर्दै आएको राफ्ट इलेक्ट्रिक स्कुटर एक पटक चार्ज गर्दा ३ सय २० किलोमिटरसम्म गुड्छ भने यसको पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर प्रति किलोमिटर ३० पैसाभन्दा कम लगानी हुने गरेको उनले बताए।

'तीन वर्ष भित्र उपभोक्ताको करिब दुई लाख ५० हजार बचत हुन्छ,' उनले भने।

चाडपर्वमा एक सयभन्दा बढी युनिट राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको बताउँदै उनले राफ्ट मोटर्समा ६ वटा भन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटर रहेको बताए।

के-के छ विशेषता ?

राफ्टमा फायरपुर्फ ब्याट्री, रिभर्स गियर, हाइट एडजसटेबल शोक्क अब्सोर्बर्, मल्टी मोड्स अफ ड्राईभिङ्ग, द्रुत चार्जको लागि १० एम्प चार्जर छ।

कम्पनीका अनुसार  राम्रो सुरक्षाको लागि बाक्लो बडी, कि–लेस स्टार्ट, डीआरएल हेडलाइट, थेफ्ट अलार्म, डिजिटल डिस्प्ले, रिमोट लकिङ, अटोमेटिक चार्जर कट–अफ, इन्डिकेटर बज्जर, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पोर्टेबल ब्याट्री र अन्य सुविधा रहेको कम्पनीले जानकारी दिएको छ।

पुराणिकका अनुसार मूल्य र किलोमिटर दायराको सन्दर्भमा उत्कृष्ट संयोजन छ यसमा। स्कुटरको मूल्य एक लाख ९९ हजार रहेको र नेपालको बजारमा सबैभन्दा किफायती इलेक्ट्रिक स्कुटरहरूमध्येमा राफ्ट पर्ने उनले बताए।

'एक पटकको चार्जमा ३ सय २० किलोमिटरसम्मको माइलेज दिन्छ जुन नेपालको सबैभन्दा उच्च किलोमिटर माइलेज हो' उनले भने' हामीसँग उत्कृष्ट सुविधाहरू उपलब्ध छन्। यसले  ग्राहक र डिलरहरूले हाम्रो अटो मोबाइललाई लोकप्रियतामा ठुलो वृद्धि दिइरहेका छन्।'

चार पाङग्रे भित्र्याउने रणनीति

बिक्री, सेवा र स्पेयर पार्ट्सका साथ आइएमई इलेक्ट्रिकले सक्रिय रूपमा आफ्नो नेटवर्क विस्तार गर्दै आएको देखिन्छ। अहिले नेपालमा यसको १० भन्दा बढी डिलर छन्।

आइएमई अटोमोबाइल कम्पनीको इलेक्ट्रिक भेहिकल डिभिजन, आइएमई इलेक्ट्रिकले नेपालमा राफ्ट इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने गरेको र निकट भविष्यमा चार पाङ्ग्रे यात्रुवाहक कार र व्यावसायिक सवारी साधन विस्तार गर्ने रणनीति रहेको कम्पनीले जानकारी दिएको छ।

राफ्ट मोटर्स भारतका शीर्ष १० विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादकहरू मध्ये एक हो। आइएमई इलेक्ट्रिक नेपालमा राफ्ट मोटर्सको एक मात्र आधिकारिक वितरक हो।

कात्तिक २१, २०७९ सोमबार १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।