जिल्ला निर्वाचन कार्यालयले गर्यो धनकुटामा नमूना मतदान

जिल्ला निर्वाचन कार्यालयले गर्यो धनकुटामा नमूना मतदान

धनकुटा:  जिल्ला निर्वाचन कार्यालयले धनकुटामा मत बदर कम गर्न सोमबार नमूना मतदान गरेको छ।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमूना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए। 

धनकुटाको पशु विज्ञ तथा भेटेरीनरी कार्यालयमा आयोजना गरिएको नमूना मतदानमा कर्मचारी, सेवाग्राही, पत्रकार र स्थानीयले नमूना मतदानमा भाग लिएका छन्।

धनकुटामा एक लाख १६ हजार नौ सय ९१ मतदाता रहेका छन्। तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल एक सय १९ मतदानस्थल छन् भने एक सय ६२ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

कात्तिक २१, २०७९ सोमबार १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।