नेप्सेमा सामान्य गिरावट, कारोबार रकम भने २ अर्ब माथि

काठमाडौं: साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सामान्य गिरावट देखिएको छ। आज नेप्से परिसूचक ६.४३ अंक अर्थात् ०.३३ प्रतिशतले घटेर १९५८.९४ बिन्दुमा पुगेर बन्द भएको छ।
गत साता लगातार तीन दिन बढेर बिहीबार भने घटेको नेप्से आइतबार २.२५ प्रतिशतले वृद्धि भएको थियो।
नेप्से परिसूचक घटेपनि आज कारोबार रकममा वृद्धि भएको छ।
आइतबार १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएकोमा त्यो रकम बढेर आज २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँ पुगेको छ।
कात्तिक २१, २०७९ सोमबार १६:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।