बलात्कार आरोपमा पक्राउ परेका श्रीलंकाली क्रिकेटर दनुष्का निलम्बित

बलात्कार आरोपमा पक्राउ परेका श्रीलंकाली क्रिकेटर दनुष्का निलम्बित

एजेन्सी : श्रीलंका क्रिकेट बोर्डले राष्ट्रिय खेलाडी दनुष्का गुणथिलाकालाई सबै प्रकारका क्रिकेटबाट निलम्बन गरेको छ।

अष्ट्रेलियामा २९ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जानकारी पाएपछि बोर्डले गुणथिलाकालाई सबै प्रकारका क्रिकेटबाट निलम्बन गर्ने निर्णय गरेको हो।

यसबाहेक, श्रीलंका क्रिकेटले गुणथिलाकामाथि लागेको आरोपबारे छानबिनका लागि आवश्यक कदम चाल्ने र अस्ट्रेलियाको अदालतको मुद्दाको निष्कर्षपछि दोषी पाइए उनलाई कारबाही गर्ने जनाएको छ।

श्रीलंका क्रिकेटले खेलाडीको यस्ता किसिमका आचरणमा ‘शून्य शहनशीलता’को नीति अपनाउनेमो जोड दिँदै घटनाको निष्पक्ष छानबिनका लागि अष्ट्रेलियाली अधिकारीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउनेसमेत उल्लेख गरेको छ।

कात्तिक २१, २०७९ सोमबार १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।