२८ वर्षीया महिला बलात्कारको आरोपमा २० वर्षीय युवक पक्राउ

कपिलवस्तु : २८ वर्षीया महिला बलात्कारको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–२ अभिराव बस्ने २० वर्षीय जोगिन्द्र पासी रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पासीले ती महिलालई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कात्तिक २१, २०७९ सोमबार १२:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।