सून तोलामा २ सय घट्दा चाँदीमा १० रूपैयाँ गिरावट

काठमाडौं : साताको दोस्रो दिन सुनको मूल्यमा २ सय रूपैयाँ घटेको छ।
आइतबार तोलाको ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९४ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य ९३ हजार ८ सय रूपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य भने तोलमा १० रूपैयाँ घटेर १ हजार २६५ रूपैयाँ कामय भएको छ। आइतबार चाँदी १ हजार २७५ रूपैयाँमा कारोबार भएको थियो।
कात्तिक २१, २०७९ सोमबार ११:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।