रुपन्देहीमा श्रीमान्-श्रीमती मृत भेटिए्, हत्यापछि आत्महत्या भएकाे प्रहरी अनुमान

रुपन्देहीमा श्रीमान्-श्रीमती मृत भेटिए्, हत्यापछि आत्महत्या भएकाे प्रहरी अनुमान

बुटवल : रुपन्देहीको देवदहमा श्रीमान्–श्रीमती मृत फेला परेका छन्।

सोमबार विहान देवदह नगरपालिका–५ पाल्पाली टोलमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला परेको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए।

वैदेशिक रोजगारबाट छुट्टीमा आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत भेटिएको उनले बताए।

उनका अनुसार घरभित्र चुकुल लागेको अवस्थामा उनीहरूको शव भेटिएको हो।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा र श्रीमान्को शव पंखामा झुण्डिएको अवस्थामा देखिएकोले श्रीमान्ले श्रीमतीको हत्या गरि आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

घटना बारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

कात्तिक २१, २०७९ सोमबार ०९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।