ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक भागेपछि ट्रक धनी प्रहरी नियन्त्रणमा

कैलाली : जिल्लाको भजनी नगरपालिका–६ विष्नापुरमा गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक भजनी ६ नवलपुरका २१ वर्षीय अभिषेक चौधरी रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय धिरेन्द्र चौधरीलाई उपचारको लागि नेपालगञ्ज पठाइएको छ।
गएराति साढे ९ बजे ना ८ ख १३९१ नम्बरको ट्रकले बा ८६ प २४८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुवै सवारी साधन र ट्रकका धनी नियन्त्रणमा लिएको र ट्रक चालक भने फरार रहेकाले खोजी भैरहेको प्रहरी चौकी जनकपुरले जानकारी दिएको छ।
कात्तिक २१, २०७९ सोमबार ०९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।