निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा–टुक्रा हुन्छ : टाेपबहादुर रायमाझी

निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा–टुक्रा हुन्छ :  टाेपबहादुर रायमाझी

अर्घाखाँची : एमाले सचिव टोपबहादुर रायमाझीले आगमी निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा–टुक्रा हुने बताएका छन्।

सोमबार अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पत्रकारहरूसँग कुरा गर्दै रायमाझीले गठबन्धन भित्र अहिले नै समस्या रहेकाले चुनावपछि टुक्रा–टुक्रा हुने बताए।

भावी प्रधानमन्त्री को बन्ने भन्नेदेखि ‘पावर शेयरिङ’का विषयमा समेत समस्या रहेकाले चुनावपछि गठबन्धन टुक्रा–टुक्रा हुने उनको दाबी छ।

‘एउटा पार्टी मिलाउन त समस्या छ, गठबन्धनमा झन् समस्या छ,’ रायमाझीले भने, ‘चुनावपछि गठबन्धन टुक्रा–टुक्रा हुन्छ, गठबन्धनमा रहेका पार्टी पनि टुक्रा–टुक्रा हुन्छन्।’

चुनावपछि देशको राजनीतिक ध्रुवीकरण दुई दलीयतिर जाने रायमाझीले बताए।

‘चुनावपछि सत्ता गठबन्धनमा रहेका दलहरू केही एमालेतिर लाग्छन्, कोही कांग्रेसतिर’ रायमाझीले थपे।

कात्तिक २१, २०७९ सोमबार ०९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।