बसको ठक्करबाट मकवानपुरमा मोटरसाइकल चालको मृत्यु

मकवानपुर : जिल्लाको मनहरी गाउँपालिका–६ सुनाचुरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष रहेका छन्। मृतकको सनाखत हुन बाँकी छ।
काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको बा ५ ख ७९४३ नम्बरको यात्रुबसले विपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश–०३–००३ प ४९ ३१ नम्बरको मोटरसाइकललाई सोमबार विहान ४ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कात्तिक २१, २०७९ सोमबार ०९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।