प्यारोडी अकाउन्ट बन्द गर्ने एलन मस्कको चेतावनी, ह्याण्डल परिवर्तन गरे ब्लू टिक पनि हट्ने

एजेन्सी : माइक्रोब्लगिङ्ग साइट ट्वीटरका सिईओ एलन मस्कले प्यारोडी अकाउन्ट बन्द गर्ने चेतावनी दिएका छन्।
ट्वीटरमा एक प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै मस्कले यदि कुनै अकाउन्टले अरुको गतिविधि र फोटो कपी गरेर प्यारोडी अकाउन्ट बनाएको पाइए त्यस्ता अकाउन्ट बन्द गर्ने बताएका हुन्।
उनले अकाउन्टको बायोमा प्यारोडी एकाउन्ट भनेर घोषित गरिएका एकाउन्टहरू पनि बन्द गर्ने स्पष्ट पारेका छन्। ट्वीटर भेरिफिकेसनका लागि भन्दै उनले अब कुनै पनि किसिमको चेतावनी नदिइ त्यस्ता अकाउन्ट हटाइने बताएका हुन्।
नेपालमा पनि कयौं नेताको प्यारोडी अकाउन्ट बनेको छ। पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, केपी शर्मा ओली लगायतका चर्चित व्यक्तिहरूकाे प्याराेडी अकाउन्ट बनेकाे छ।
यस्तै उनले कोही प्रयोगकर्ताले आफ्नो ट्वीटर ह्याण्डल परिवर्तन गरेमा अस्थायी रूपमा भेसिफिकेसन अर्थात् नीलो टिक हट्नेसमेत जानकारी दिएका छन्।
कात्तिक २१, २०७९ सोमबार ०९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।