अश्लिल तस्बिर राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा १९ वर्षीय किशोर पक्राउ

काठमाडौं : सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा सप्तरीको सुरूङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
समित कुमारले सामाजिक सञ्जाल फेसबुकको नक्कली आइडीबाट पीडितको तस्बिरमा अपरिचित महिलाको अश्लिल तस्बिर टाँसेर अनर्गल, अश्लिल शब्दहरू लेखि पोष्ट गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।
साथै उनले नक्कली आइडीको मेसेन्जरबाट पीडितको आफन्तहरूले प्रयोग गर्ने फेसबुकमा समेत पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरू गरी बदनाम, बेईज्जत गरी, अनावश्यक मानसिक तनाव, दुःख हैरानी दिई चरित्र हत्या गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय भेडिया सप्तरीले पक्राउ गरेको थियो।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
कात्तिक २१, २०७९ सोमबार ०८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।