कस्तो छ सोमबारको मौसम ?

कस्तो छ सोमबारको मौसम ?

काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमा पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कात्तिक २१, २०७९ सोमबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।