ई-स्पोर्टमा नेपालले जित्यो ५९ लाख नगद पुरस्कार

काठमाडौं: पब्जी मोवाइल प्रो लिग साउथ एसिया च्याम्पियनसीप २०२२ मा नेपालले ५९ लाख पुरस्कार राशि जितेको छ।
नेपालबाट सहभागी भएका डीआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन्।
४ दिन सम्म सञ्चालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गरेका छन्।
१ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन्।
यसका साथै डिआरएस, स्काईलाइट्ज र ट्रेन्ड टु किल पब्जी मोवाइल ग्लोबल च्याम्पियनसिपको लागि पनि छनोट हुन सफल भएका छन्।
कात्तिक २०, २०७९ आइतबार २१:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।