धनुषामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा ११ दिने शिशुको मृत्यु

धनुषामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा  ११ दिने शिशुको मृत्यु

जनकपुरधाम: धनुषामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित हुँदा दुर्घटना भएको हो।

दुर्घटनामा ११ दिने शिशुको मृत्यु भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए। 

उनीहरुको नाम र ठेगाना खुल्न नसकेको र दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि नजिकै रहेको सेन्ट्रल हस्पिटलमा पठाइएको डिएसपी क्षेत्रीले जानकारी दिए।

कात्तिक २०, २०७९ आइतबार १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।