गेष्ट हाउसकाे बाल्टिनमा डुबेर चार वर्षीय बालककाे मृत्यु

गेष्ट हाउसकाे बाल्टिनमा डुबेर चार वर्षीय बालककाे मृत्यु

काठमाडौं : गाैशालाकाे गेष्ट हाउसकाे बाल्टिनमा डुबेर चार वर्षीय बालककाे मृत्यु भएकाे छ।

काठमाडाैं महानगरपालिका-९ गौशाला चोकस्थित तुलसी गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ-३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा ४ वर्षीय आरोज चौधरीकाे मृत्यु भएकाे हाे।

गेष्ट हाउसको छतमा पानी भरिराखेको बाल्टिनमा डुबेर शनिबार दिउँसो उनकाे मृत्यु भएको प्रहरी वृत्त गाैशालाले जनाएकाे छ।

डुबेर गम्भीर घाइते भएका बालककाे सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

कात्तिक २०, २०७९ आइतबार १२:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।