एकैदिन १४ सय रूपैयाँले महंगियो सुन, चाँदीमा तोलाको ५० रूपैयाँ बढ्यो

काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढेको छ।
शुक्रबार ९३ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलाको ९४ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अुनसार तेजाबी सुनको मूल्य यसदिन ९४ हजार रूपैयाँ प्रतितोलामा किनबेच हुनेछ।
यस्तै, चाँदीको मूल्यमा पनि एकैदिन तोलको ५० रूपैयाँ बढेको छ। शुक्रबार १ हजार २२५ रूपैयाँमा किनबेच भएको चाँदी आइतबार तोलाको १ हजार २७५ रूपैयाँ कायम भएको हो।
कात्तिक २०, २०७९ आइतबार १०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।