लोकन्थली चोकमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

भक्तपुर : जिल्लाको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गएराति भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ का २७ वर्षीय पुण्यबहादुर बोहरा रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराति सवा १० बजे नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो।
ठक्कर दिएर फरार रहेका मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको छ।
कात्तिक २०, २०७९ आइतबार ०८:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।