ट्वीटरले आजदेखि पाँच देशमा सुरु गर्याे ८ डलरवाला भेरिफिकेसन सेवा, अन्य दुई सेवा पनि थप

एजेन्सी : ट्वीटरले आजदेखि आठ डलर तिरेर भेरिफिकेसन गर्न सकिने सेवा सुरु गरेको छ।
तर, तत्कालका लागि भने यो सेवा आइओएस अर्थात आइफोनमा केही देशका लागि मात्र खोलिएको छ।
ट्वीटरका सिईओ एलन मस्कका अनुसार तत्कालका लागि यो सेवा आइओएस अर्थात आइफोन प्रयोगकर्ताले अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड र बेलायतमा सुरु गरिएको हो।
साथै, ट्वीटरले अन्य सेवाको बारेमा पनि जानकारी गराएको छ। उसले अब ट्वीटरमा लामो भिडियो पोस्ट गर्न सकिने र गुणस्तरयुक्त सामग्रीको वरीयता प्रदान गरिसनले समेत जानकारी गराएको छ।
यसका अलावा मस्कले लेख्नका लागि थप शब्द दिइने स्पष्ट पारेका छन्। अहिले ट्वीटरमा जम्मा २८० अक्षर मात्र लेख्न मिल्छ।
यस्तै, उनले सबै प्रकारका कन्टेन्टका लागि क्रियटर मोनिटाइजेसन दिएर पैसा कमाउन सक्ने वातावरण सिर्जना गर्नेसमेत घोषणा गरेका छन्।
एलन मस्कको ट्वीटर किनेपछि कयौं तरिकाका परिवर्तनहरू देखिएको छ।
कात्तिक २०, २०७९ आइतबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।