वडाध्यक्ष रिजाललाई पाँच हजार रूपैयाँ जरिवाना

वडाध्यक्ष रिजाललाई पाँच हजार रूपैयाँ जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ।

वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौं जिल्ला क्षेत्र नं. ६ मा नेपाली कांग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो।

रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो।

रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको आयोगले जनाएको छ।

कात्तिक १९, २०७९ शनिबार २१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।