यी हुन् त्रिशुलीमा बस खस्दा घाइते भएका १९ जना, चालककाे अवस्था गम्भीर (नामसहित)

काठमाडौं : काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा घाइते भएका १९ जनाको पहिचान खुलेको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० हुग्दिखोला नजिक बा ४ ख ५७९० नम्बरको यात्रुवाहक बस साँझ सवा ६ बजे सडकबाट २०० मिटर तल त्रिशुली नदीमा खसेको थियो।
दुर्घटनामा बस चालकसहित १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले उकेरालाई जानकारी दिए।
घाइतेमध्ये धादिङको गल्छी गाउँपालिका–८ का २४ वर्षीय चालक सुमन तामाङको अवस्था गम्भीर रहेकाे खत्रीले बताए। तामाङसहित अन्य घाइतेलाई पनि काठमाडाैं रिफर गरिएकाे उनले बताए।
यी हुन् बस दुर्घटनामा घाइते हुनेहरूः–
१) बस चालक धादिङ गल्छि गाउँपालिका ८ बस्ने वर्ष २४ सुमन तामाङ टाउकोमा चोट अवस्था गम्भीर
२) पुर्वीरुकुम सिस्ने गाउँपालिका ४ बस्ने वर्ष १९ को भुवन केसी दुवै हातखुट्टामा चोट अवस्था मध्यम।
३) रुकुम भुमि गाउँपालिका ५ बस्ने वर्ष अन्दाजी २१ को मदन बुढामगर टाउकोमा चोट अवस्था मध्यम।
४) दोलखा बैतेश्री गाउँपालिका ८ वर्ष २१ को श्रीकृष्ण श्रेष्ठ अवस्था मध्यम
५) पश्चिम रुकुम बाफिकोट गाउँपालिका ९ बस्ने वर्ष ३६ को मदनबहादुर विक अवस्था मध्यम
६) कञ्चनपुर बस्ने वर्ष २४ को तेजबहादुर कठायत अवस्था मध्यम
७) कास्की बस्ने कृष्णप्रसाद अधिकारी अवस्था मध्यम
८) काठमाडाैं बस्ने अनिष लामिछाने अवस्था मध्यम
९) बारा करैयामाई गाउँपालिका बस्ने वर्ष २७ को प्रविण चौधरी अवस्था मध्यम
१०) रौरहट चन्द्रपुर नगरपालिका २ बस्ने वर्ष २६ कि सिता मैनाली अवस्था मध्यम
११) रुकुम सानोभेरी गाउँपालिका ३ बस्ने वर्ष ५० को नर बहादुर खड्का अवस्था मध्यम
१२) रुकुम पश्चिम आठबिषकोट गाउँपालिका ८ बस्ने वर्ष ३४ को शिवबहादुर शाहि अवस्था मध्यम
१३) दोलखा कालिन्चाेक गाउँपालिका ९ बस्ने वर्ष ३४ को अभिषेक खाती अवस्था मध्यम
१४)सिराहा गोलबजार नगरपालिका १३ बस्ने वर्ष २२ को रमेश सिंह अवस्था मध्यम
१५) बागलुङ निसाखोला गाउँपालिका बस्ने सबिन छन्त्याल अवस्था मध्यम
१६) रुकुम चौरजहारी नगरपालिका १ बस्ने योगेश्रवर बि.क अवस्था मध्यम
१७) रुकुम चौरजहारी नगरपालिका १ बस्ने प्रेमसिंह बोहोरा अवस्था मध्यम
१८) रामेछाप मन्थली नगरपालिका ९ बस्ने मिलन लामा अवस्था मध्यम
१९) धादिङ गल्छि गाउँपालिका ८ बस्ने रत्न तामाङ अवस्था मध्यम
कात्तिक १९, २०७९ शनिबार २०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।