काठमाडौंबाट रूकुमकाेट जाँदै गरेको बस त्रिशुली नदीमा खस्याे

काठमाडाैं : काठमाडौंबाट रूकुमकाेट जाँदै गरेको बस त्रिशुली नदीमा खसेकाे छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० हुग्दिखोला नजिक बा ४ ख ५७९० नम्बरकाे यात्रुवाहक बस साँझ सवा ६ बजे सडकबाट २०० मिटर तल त्रिशुली नदीमा खसेकाे हाे।
दुर्घटनामा बस चालकसहित १६ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले उकेरालाई जानकारी दिए
घाइतेहरूकाे उपचारको लागि स्थानीय मेडिकल पठाइएकाे छ भने दुर्घटनाले बाटाे अवराेध नभएकाे उनले बताए।
कात्तिक १९, २०७९ शनिबार २०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।