बंगलादेशमाथि जित निकाल्दै नेपाल शीर्ष स्थानमा उक्लियाे

बंगलादेशमाथि जित निकाल्दै  नेपाल शीर्ष स्थानमा उक्लियाे

काठामाडौं : बंगलादेशको ढाकामा जारी १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

शनिबार भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो।

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन्। उनले खेलको ८७औं मिनेटमा गोल गरेकी हुन्।

जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ। नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७–० गोल अन्तरले हराएको थियो।

बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। बंगलादेशले पहिलो खेलमा भुटानलाई ८–० गोल अन्तरले हराएको थियो।

कात्तिक १९, २०७९ शनिबार १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।