गृहमन्त्री खाँणलाई समर्थन गर्दै सिङ्गो गाउँ नै कांग्रेस प्रवेश
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ स्थित भैरहवा बसडिलियाको सिङ्गो गाउँ नै नेपाली कांग्रेस प्रवेश गरेको छ।
गृहमन्त्री एवं कांग्रेस नेतासमेत रहेका पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाँण र प्रदेशसभा ३ (क)का उम्मेदवार सन्तोषकुमार पाण्डेयलाई समर्थन गर्दै उक्त गाउँ नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए।
मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँबाट शनिबार आयोजित कार्यक्रममा १ सय ५१ जना पार्टी प्रवेश गर्दै नेपाली कांग्रेसको सदस्यता समेत लिएका छन्। प्रवेश गर्नेहरूमा एमालेबाट निर्वाचित पूर्व वडासदस्य अस्गर अली फकीर लगायत रहेका छन्।
फकीरले नेता खाँण रुपन्देहीको मात्र नभई सिंगो मुलुकको नेता तथा यस क्षेत्रको अविभावक समेत भएकाले गाउँले उहाँको पक्षमा समर्थन जनाएको बताए।
उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै गृहमन्त्री खाँणले देश विकास र सुशासनको अभियानमा लागेको गठबन्धनलाई बिजयी गराउन जुट्ने सबैलाई धन्यवाद दिए।
उनले कांग्रेस सवैको पार्टी र सवै अट्ने पार्टी भएको स्मरण गराउँदै आगामी दिनमा वर्तमान व्यवस्था बचाउँदै जनताको अवस्था बद्ने अभियानमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।
कात्तिक १९, २०७९ शनिबार १९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।