२८ वर्ष कान्छी श्रीमतीको हत्या अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ

ओखलढुङगा : जिल्लामा २८ वर्ष कान्छी श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–११ सोब्रु बस्ने सोलुखुम्बु नेचा सल्यान गाउँपालिका घर भएका ६१ वर्षीय राम बहादुर राई रहेका छन्।
३३ वर्षीया श्रीमती कल्पना खड्का राईको हत्या अभियोगमा उनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।
राम बहादुरले मादक पदार्थ सेवन गरी श्रीमतीसँग सामान्य बाद विवाद भएपछि चिर्पटले टाउकोमा प्रहार गर्दा कल्पनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कात्तिक १९, २०७९ शनिबार १८:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।