खेल र खेलाडीको क्षेत्रमा फराकिलो विकास गर्ने पौडेलको प्रतिबद्धता

खेल र खेलाडीको क्षेत्रमा फराकिलो विकास गर्ने पौडेलको प्रतिबद्धता

बुटवल : एमाले उपाध्यक्ष एवं रुपन्देही–२ का प्रतिनिधि सभा उम्मेदवार विष्णु पौडेलले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मदन भण्डारी स्पोर्टर्स एकेडेमीद्वारा शनिबार बुटवल आयोजित खेलाडी प्रशिक्षण तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै पौडेलले खेल क्षेत्रमा गरिने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताए।

उनले त्यसको लागि अनूकूल परिस्थित र वातावरण आफूले निर्माण गरी काम गर्ने स्पष्ट पारे।

‘उर्जाशील जीवन विताएका खेलाडीको सम्मानितपूर्वक बाच्नको लागि हामीले निर्वाहभत्ता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासँगै खेल पूर्वाधारको लागि काम गर्नेछौं।’ पूर्व खेलकूद मन्त्रीसमेत रहेका पौडेलले भने।

नेपालमा खेलकूदको क्षेत्रमा अभूतपूर्व सम्भावना रहेको बताउँदै उनले भगवान गौतम बुद्धसँग खेललाई जोडेर प्रवर्द्धन गर्न सकिने बताए। हाई अल्टीच्यूट स्पोर्ट्समा जान सकिने सम्भावना पनि रहेको उनको भनाइ छ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही २ (१) का उम्मेदवार लिला गिरीले आफू प्रदेशको मन्त्री हुँदा खेल पूर्वाधारमा ठूलो बजेट विनियोजन गरेको बताए। आफूले अझै खेल र खेलाडीले देख्न सने गरी प्रदेशमा काम गरेर खेलाडीमार्फत देशलाई विश्वमा देशलाई चिनाउन आफू पछि नपर्ने बताए।
त्यस्तै, एमाले प्रदेश उपाध्यक्ष तथा रुपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले स्वास्थ्य र खेलको क्षेत्रमा आफूले काम गर्ने बताए।

राप्रपा प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार प्रदीप उदयले खेलाडीको सम्मानित जीवनको लागि नेताहरुले सोच्नुपर्ने बताए।

कार्यक्रममा एकेडेमीका अध्यक्ष धु्रव आचार्यले खेल र खेलाडीको जीवन सुरक्षित गर्न नेताहरुलाई आग्रह गरे।

एकेडेमीका सचिव डा. शक्ति बस्नेतले खेला र स्वास्थ्य दुवै क्षेत्रमा राजनीतिक दलहरुले काम गर्न आवश्यक रहेको बताए।

कात्तिक १९, २०७९ शनिबार १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।