जसपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री, पूर्ण समानुपातिक निर्वाचन

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले प्र्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र मुख्मन्त्रीको अवधारणासहित घोषणापत्र सार्वजनिक गरेको छ।
शनिबार काठमाडौंको एक होटलमा सार्वजनिक घोषणा पत्रमा उसले संघीय संसद र प्रदेशसभा पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने, कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढि कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।
यस्तै, कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरुको छनौट गरी मन्त्रिपरिषद् बनाउने तथा शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञहरू मध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था गरिने उल्लेख छ।
कात्तिक १९, २०७९ शनिबार १५:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।