बिरामी बोकेको अटोरिक्सा पल्टियाे : बिरामीको मृत्यु, श्रीमती घाइते

बिरामी बोकेको अटोरिक्सा पल्टियाे : बिरामीको मृत्यु, श्रीमती घाइते

महोत्तरी : जिल्लाको बर्दिबास नगरपालिका–३ गौरीडाँडामा अटो रिक्सा दुर्घटनामा गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

पाटुबाट बिरामी लिएर बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह ०९१८ नम्बरको अटो रिक्सा गएराति १० बजे अनियन्त्रित भएर पल्टिएको थियो।

रिक्सामा सवार रहेका विरामी बर्दिबास नगरपालिका ३ राजाबासका ५० वर्षीय बल बहादुर भण्डारी र उनकी ४५ वर्षीया श्रीमती निर्मला घाइते भएका थिए।

उपचारको क्रममा बल बहादुरको काठमाडौँको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान ५ बजे मृत्यु भएको हो। निर्मलाको सोही अस्पतालमा उपचार भइरहेको छ।

अटो रिक्सा सहित चालकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

कात्तिक १९, २०७९ शनिबार १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।