बर्दिबासमा अटो दुर्घटनामा गम्भीर घाइते भएका पुरुषको मृत्यु

महोत्तरी: बर्दिबास नगरपालिका- ३ गौरीडाँडामा गए राति भएको अटो रिक्सा दुर्घटनामा गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा आज मृत्यु भएको छ। पाटुबाट बिरामी लिएर बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह ०९१८ नम्बरको अटो रिक्सा गए राति १० बजे अनियन्त्रित भएर पल्टिएको थियो।
रिक्सामा सवार रहेका बिरामी बर्दिबास नगरपालिका- ३ राजाबासका ५० वर्षीय बलबहादुर भण्डारी र उनकी ४५ वर्षीया श्रीमती निर्मला घाइते भएका थिए।
उपचारको क्रममा बलबहादुरको काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान ५ बजे मृत्यु भएको हो। निर्मलाको सोही अस्पतालमा उपचार भइरहेको छ।
अटो रिक्सासहित चालकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
कात्तिक १९, २०७९ शनिबार १३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।