कात्तिक १९ गतेदेखि निर्वाचनको अन्तिम मतपरिणाम नआउञ्जेल डोटीमा मदिरा बिक्री वितरणमा रोक

कात्तिक १९ गतेदेखि निर्वाचनको अन्तिम मतपरिणाम नआउञ्जेल डोटीमा मदिरा बिक्री वितरणमा रोक

काठमाडौं: मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गरी डोटी जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसार र बिक्री वितरण निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गरिएको छ। “कात्तिक १९ गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणालीबमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा निषेध गरिएको छ”, सूचनामा भनिएको छ। 

आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न मतदाता, राजनीतिक दल जिल्लावासी, सरोकारवाला निकायले आआफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्ने प्रजिअ श्रेष्ठको भनाइ छ।

कात्तिक १९, २०७९ शनिबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।