संविधान नै गलत भएको भन्दै स्वतन्त्र नागरिक समूहले निर्वाचन बहिष्कार गर्ने

बुटवल: स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने निर्वाचन बहिष्कार गर्ने भएको छ। हाल कार्यान्वयनमा रहेको संविधान नै गलत भएको भन्दै नयाँ संविधान जारी गर्न मागसहित समूहले शान्तिपूर्ण आन्दोलनको रूपमा निर्वाचन बहिष्कार गर्ने जनाएको हो।
बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी समूहका अध्यक्ष विश्वराज गैरेले गलत बाटोबाट ल्याइएको धर्मनिरपेक्षता र आवश्यक नभएको संघीयता तथा एमसीसी परियोजना देशको राष्ट्रियता र स्वाधीनतामाथिको कलङ्क भएको भन्दै आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने जनाएका हुन्।
कात्तिक १९, २०७९ शनिबार ११:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।