जसपाले आज चुनावी घोषणापत्र जारी गर्दै

काठमाडौं: मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपाले) आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले शनिबार दिउँसो २ बजे बानेश्वरस्थित एभरेस्ट होटलमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरिने बताए।
जसपा केही साताअघि मात्रै सत्ता गठबन्धनबाट बाहिरिएको थियो। सिट बाँडफाँटमा भागबण्डा नमिलेपछि जसपा गठबन्धनबाट बाहिरिँदै अहिले एमालेसँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको छ।
यसबीच सरकारबाट जसपाका मन्त्रीहरू हटाइएको थियो भने मधेश प्रदेश सरकारले पनि कांग्रेसका मन्त्रीहरू हटाएको थियो।
कात्तिक १९, २०७९ शनिबार ०९:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।