यस्तो छ शनिबारको मौसम, यी प्रदेशमा हुनेछ हल्का वर्षा

यस्तो छ शनिबारको मौसम, यी प्रदेशमा हुनेछ हल्का वर्षा

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। पश्चिमी वायुको प्रभावले नेपालमा केही दिनयता एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कात्तिक १९, २०७९ शनिबार ०८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।